image

विमालेख

मोटर बीमालेख

मोटर बीमालेखले दुर्घटनाबाट हुने आप्mनो सवारी साधनको क्षति, हानी÷नोक्सानी, सवारीमा यात्रा गर्ने यात्रुहरुको दुर्घटना बीमा तथा तेश्रो पक्ष ब्यक्ति तथा सम्पत्तिको दायित्वको जोखिम बहन गर्दछ । यस अन्तर्गत निम्न प्रकारका सवारीहरुको बीमा गरिन्छ । ब्यवसायिक सवारी मोटर साइकल निजी सवारी

सम्पत्ति विमालेख

सम्पत्ति बीमालेखले बीमा गराइएको सम्पत्तिमा आगलागि तथा बीमालेखमा उल्लेख गरिएका अन्य जोखिमहरुबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति प्रदान गर्दछ ।

उड्डयन विमालेख

हवाई बीमालेख अन्तर्गत हवाइजहाज हेलिकोप्टरको बीमा यात्रु तथा बिमान चालकदलको बीमा दायित्व बीमाहरु गरिन्छ ।

सामुद्रीक बीमालेख

सामुद्रीक बीमालेख अन्तर्गत सडक, हवाई तथा सामुद्रीक मार्गबाट सामानहरुको ढुवानी गर्दा हुन सक्ने क्षति, हानी÷नोक्सानी विरुद्ध बीमा गरिन्छ ।

बाली तथा पशुपंक्षी बीमालेख

यस बीमा अन्तर्गत पशुधन (गाई गोरु, भैंसी राँगा, खसी बाख्रा, बंगुर), अन्नबाली, तरकारी बाली, फलपूmल खेती, माछापालन, मौरी आदिको आगलागि, प्राकृतिक प्रकोप, रोगहरुबाट नोक्सानी आदिको विरुद्ध बीमा गरिन्छ ।

ईन्जिनियरिङ् विमालेख

इन्जिनियरिङ बीमा अन्तर्गत निर्माणाधिन भौतिक संरचनाहरु, जडान सम्बन्धी कार्यहरु, निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेण्टहरु, उद्योग कलकारखानामा प्रयोग हुने मेशिनरीहरुको बीमा गरिन्छ । यस अन्तर्गत निम्न बीमालेखहरु प्रचलनमा छन् । ठेकेदारको सम्पूर्ण जोखिम बीमा (कन्टाक्टर्स अल रिक्स इन्सुरेन्स) जडान सम्पूर्ण जोखिम बीमा (इरेक्सन अल रिक्स इन्सुरेन्स) ठेकेदारको यन्त्र उपकरण बीमा (कन्टाक्टर्स प्लाण्ट एण्ड मेशिनरी इन्सुरेन्स) मेशिनरी ब्रेकडाउन बीमा ब्वाइलर एक्स्प्लोजन बीमा

विविध बीमालेख

यस अन्तर्गत माथि उल्लेख गरिए बाहेकका अन्य बीमालेखहरु पर्दछन् । हाल प्रचलनमा निम्न बीमालेखहरु छन् । बैंकरको क्षतिपूर्ति बीमालेख सेंधमारी तथा नकबजनी बीमालेख नगद बीमालेख मार्गस्थ नगद बीमालेख ब्यक्तिगत सामुहिक दुर्घटना बीमालेख (पर्वतारोहण जोखिम समेत) निष्ठाजमानी बीमालेख स्वास्थ्य बीमालेख जन दायित्व बीमा (पब्लिक लायवलिटी इन्सुरेन्स) ट्राभल मेडिकल इन्सुरेन्स