नेको २७ औं वार्षिक साधारण सभा बारे सूचना
प्रकाशित मिति: 2023 Jan 06
नेको इन्सुरेन्स लिमिटेड
को
२७औं बार्षिक साधारण सभा वारे सूचना
शेयरधनी महानुभावहरु,
यस कम्पनीको संचालक समितिको मिति २०७९।०९।२१ गतेका दिन बसेकोे ४३६औं बैठकको निर्णय अनुसार कम्पनीको २७औं बार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा बस्ने र उक्त साधारण सभामा निम्न बिषयहरु उपर छलफल गरी निर्णय गरिने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुमा जानकारी एवं उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
सभा हुने मिति, स्थान र समय
मितिः २०७९ साल माघ १५ गते आइतवार (तदनुसार जनवरी २९, २०२३)
स्थानः लिसारा रिसेप्सन, नक्साल, काठमाडौं ।
समयः विहान ११ः०० बजे ।
छलफलका विषयहरुः
(क) सामान्य प्रस्ताव
१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
२. आ.व. २०७८।०७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
३. कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.ब. २०७८।०७९ को नाफा नोक्सान हिसावबाट चुक्ता पूञञजीको ०.७९५ नगद लाभांश (कर प्रयोजनको लागि) रु. १,३८,१४,८३३। पारित गर्ने सम्बन्धमा ।
(ख) विशेष प्रस्ताव
१. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.ब. २०७८।०७९ को नाफा नोक्सान हिसावबाट रु.२६,२४,८१,८२०। (१५५ अर्थात् प्रत्येक १०० कित्ता बराबर १५ कित्ता) बोनश शेयर जारी गर्ने सम्बन्धमा । (बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने ।)
२. निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।
(अ) कम्पनीको अधिकृत पूूञञजी बृद्धि गर्ने सम्बन्धमा ।
(आ) विशेष प्रस्ताव नं. १ बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूंजी तथा चूक्ता पूंजी बृद्धि गर्ने सम्बन्धमा ।
(इ) शेयर संरचना अनुुसार संचालक समितिमा प्रतिनिधित्व सम्बन्धमा ।
(ग) विविध ।
साधारण सभा सम्बन्धी सामान्य जानकारी
१. २७औं बार्षिक साधारण सभा प्रयोजनार्थ यहि मिति २०७९।१०।०३ गते १ दिन शेयर दाखिल खारेज बन्द (द्यययप ऋयिकभ) रहनेछ । दाखिल खारेज बन्द मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले बोनश शेयर प्राप्त गर्ने तथा सभामा भाग लिन पाउने छन् ।
२. कम्पनीको संक्षिप्त आर्थिक विवरण यसैसाथ प्रकाशन गरिएको छ । संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणहरु कम्पनीको वेभसाइट धधध।लभअय।अयm।लउ बाट हेर्न वा प्राप्त गर्न सक्नुहुनेछ ।
३. सभामा भाग लिन र मतदान गर्नको लागि प्रतिनिधि नियुक्ति गर्न चाहने शेयरधनीहरुले सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै अर्थात् २०७९।१०।१३ गते विहान ११ बजे भित्र कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंमा प्रोक्सी पत्र दर्ता गरी सक्नु पर्नेछ । एक भन्दा बढी प्रोक्सीको नाउञ उल्लेख गरेको प्रोक्सी रद्द हुनेछ ।
४. प्रतिनिधि नियुक्ति गर्ने व्यक्ति, कम्पनी वा संगठित संस्था भएमा त्यस्तो नियुक्ति पत्रमा सो संस्था वा कम्पनीको छाप सहित अधिकृत व्यक्तिको दस्तखत भएको हुनुपर्छ । संस्थागत शेयरधनी बाहेक अरुले यसरी प्रनितिधि नियुक्ति दर्ता गर्दा कम्पनीको अर्को शेयरधनीलाई मात्र नियुक्ति गर्नु पर्नेछ ।
५. संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले मात्र सभामा भागलिन र मतदान गर्न पाउनेछ ।
६. कुनै एक शेयरधनीले एक भन्दा बढी व्यक्तिलाई प्रतिनिधि नियुक्ति गरी पठाएकोमा जसको नियुक्ति पछिल्लो समय तथा मितिमा कम्पनीमा प्राप्त हुन्छ निजलाई मात्र प्रतिनिधिको हैसियतले सभामा भागलिन र मतदान गर्ने अधिकार हुनेछ ।
७. सभामा भाग लिने र मतदान गर्ने व्यक्ति एउटै हुनु पर्नेछ । प्रत्येक शेयरधनीले आफूले लिएको प्रत्येक शेयरको एक मतको हिसाबले मत दिन पाउनेछ ।
८. कुनै शेयरधनीलाई कुनै जिज्ञासा भएमा सभा हुनुभन्दा ७ दिन अगावै कम्पनी सचिव मार्पmत संचालक समितिका अध्यक्ष समक्ष लिखित प्रस्ताव पेश गर्नु पर्नेछ । तर यसलाई सभामा छलफल र पारित हुने विषयका रुपमा समावेश गरिने छैन ।
९. साधारण सभा सम्बन्धी अन्य जानकारी कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।
१०. सभा सम्बन्धि अन्य काम कारवाही कम्पनी ऐन, २०६३ बमोजिम हुनेछ ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव