image

समाचार

सामाजिक उत्तरदायित्व अन्तर्गत-परोपकार संस्थामा अध्ययनरत ४६ जना अनाथ विद्यार्थीहरुका लागि सामुहिक दुर्घटना बीमा(न्एब्) प्रदान

प्रकाशित मिति: 2017 Dec 20

प्रेश विज्ञप्ती
देशको निर्जीवन बीमा बजारमा उच्चगुणस्तरीय सेवा पु¥याउने उद्देश्यका साथ २२ बर्ष अघि देशकै एकमात्र पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक, कोष ब्यवस्थापन कम्पनी लगायतका प्रवद्र्धकहरुद्वारा स्थापित नेको इन्सुरेन्स लि.ले संचालनको २२ बर्षसम्म सफलताका साथ सेवा पु¥याउदै अघि बढेको छ । केही समय अघि यस कम्पनीको प्रवद्र्धकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त महतो समूहको प्रवेश पश्चात अझ गतिसिलरुपमा सेवा प्रदान गर्दै केही बर्ष भित्रैमा देशको प्रमुख बीमा कम्पनीहरु मध्येको एक बीमा कम्पनीको रुपमा स्थापित हुने लक्षका साथ अघि बढेको छ ।
कम्पनीले आफ्नो ब्यवसायिक कृयाकला सगं सगैं सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कर्तब्य ठानेर समाजको लागि विभिन्न सहयोगहरु समेत प्रदान गर्दै आईरहेको छ । यसै सिलसिलामा यस बर्ष सामाजिक Ôेत्रमा योगदान गरिरहेको भिम्सेनस्थान–२० काठमाडौंको परोपकार संस्थामा अध्ययनरत ४६ जना अनाथ विद्यार्थीहरुका लागि सामुहिक दुर्घटना बीमा(न्एब्) प्रदान गरेको छ । यस बीमा अन्तर्गत त्यस संस्थाका विद्यार्थीहरुको चोटपटकको औषधि उपचार र दुर्घटनाबाट भएको अंग भंग तथा मृत्युको जोखिम बहन गरिने छ ।
उक्त बीमाको बीमालेख कम्पनीका प्रमुख कार्यकारी अधिक्रित विस्वराम तिमिलाले परोपकार संस्थाका हितकर सिंह कंसकारलाई आज हस्तान्तरण गर्नुभएयो ।
मिति  २०७४/०९/०४

सेयर गर्नुहोस