image

Notices

NECO 25th AGM

Published On: 2021 Jun 30

नेको इन्सुरेन्स लिमिटेड
को
२५औं बार्षिक साधारण सभा वारे सूचना


शेयरधनी महानुभावहरु,
यस कम्पनीको संचालक समितिको मिति २०७८।०३।१० गतेका दिन बसेकोे ४०७औं बैठकको निर्णय अनुसार यस कम्पनीको २५औं बार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा विद्युतीय माध्यम (भर्चुअल) बाट बस्ने र उक्त साधारण सभामा निम्न बिषयहरु उपर छलफल गरी निर्णय गर्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुमा जानकारी एवं भर्चुअल उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

सभा हुने मिति, स्थान र समय
मितिः २०७८ साल आषाढ ३१ गते बिहीवार (तदनुसार १५ जुलाई २०२१)
स्थानः कम्पनीको भवन, ज्ञानेश्वर, काठमाडौंबाट विद्युतीय माध्यम (भर्चुअल) ।
समयः दिनको ११ः०० बजे ।

छलफलका विषयहरुः

(क) सामान्य प्रस्तावः
१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
२. आ.व. २०७६।०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
३. कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७७।०७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.ब. २०७६।०७७ को नाफा─नोक्सान हिसावबाट चुक्ता पूञजीको ०.८२५ नगद लाभांश (कर प्रयोजनको लागि) रु.१,०७,४७,४७०। पारित गर्ने सम्बन्धमा ।

(ख) विशेष प्रस्ताव
१. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.ब. २०७६।७७ को नाफा─नोक्सान हिसावबाट
रु.२०,४२,०१,९३०। (१५.५त्र अर्थात् प्रत्येक १०० कित्ता बराबर १५.५ कित्ता) बोनश शेयर जारी गर्ने सम्बन्धमा । (बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने ।)
२. निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।
(अ) विशेष प्रस्ताव नं. १ बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूंजी तथा
चूक्ता पूंजी बृद्धि गर्ने सम्बन्धमा ।

(ग) विविध ।

 

 

 


साधारण सभा सम्बन्धी सामान्य जानकारी

१. २५औं बार्षिक साधारण सभा प्रयोजनार्थ यहि मिति २०७८।०३।१८ गते देखि साधारण सभाको मिति सम्म शेयर दाखिल खारेज बन्द (Book Close) रहनेछ । दाखिल खारेज बन्द मिति २०७८।०३।१८ भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले बोनश शेयर प्राप्त गर्ने तथा सभामा भाग लिन पाउने छन् ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको संक्षिप्त आर्थिक विवरण यसैसाथ प्रकाशन गरिएको छ । संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणहरु कम्पनीको वेभसाइट www.neco.com.np बाट हेर्न वा प्राप्त गर्न सक्नुहुनेछ ।
३. सभामा भाग लिन र मतदान गर्नको लागि प्रतिनिधि नियुक्ति गर्न चाहने शेयरधनीहरुले सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै अर्थात् २०७८ साल आषाढ २९ गते दिनको ११ बजे भित्र कम्पनीको केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंमा प्रोक्सी पत्र दर्ता गरी सक्नु पर्नेछ । एक भन्दा बढी प्रोक्सीको नाउञ उल्लेख गरेको प्रोक्सी रद्द हुनेछ ।
४. प्रतिनिधि नियुक्ति गर्ने व्यक्ति, कम्पनी वा संगठित संस्था भएमा त्यस्तो नियुक्ति पत्रमा सो संस्था वा कम्पनीको छाप सहित अधिकृत व्यक्तिको दस्तखत परेको हुनुपर्छ । संस्थागत शेयरधनी बाहेक अरुले यसरी प्रनितिधि नियुक्ति दर्ता गर्दा कम्पनीको अर्को शेयरधनीलाई मात्र नियुक्ति गर्नु पर्नेछ ।
५. संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले मात्र सभामा भागलिन र मतदान गर्न पाउनेछ ।
६. कुनै एक शेयरधनीले एक भन्दा बढी व्यक्तिलाई प्रतिनिधि नियुक्ति गरी पठाएकोमा जसको नियुक्ति पछिल्लो समय तथा मितिमा कम्पनीमा प्राप्त हुन्छ निजलाई मात्र प्रतिनिधिको हैसियतले सभामा भागलिन र मतदान गर्ने अधिकार हुनेछ ।
७. सभामा भाग लिने र मतदान गर्ने व्यक्ति एउटै हुनु पर्नेछ । प्रत्येक शेयरधनीले आफूले लिएको प्रत्येक शेयरको एक मतको हिसाबले मत दिन पाउनेछ ।
८. कुनै शेयरधनीलाई कुनै जिज्ञासा भएमा सभा हुनुभन्दा ७ दिन अगावै कम्पनी सचिव मार्पmत संचालक समितिका अध्यक्ष समक्ष लिखित प्रस्ताव पेश गर्नु पर्नेछ । तर यसलाई सभामा छलफल र पारित हुने विषयका रुपमा समावेश गरिने छैन ।
९. साधारण सभा सम्बन्धी अन्य जानकारी कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।
१०. विश्वब्यापी रुपमा र हाल नेपालमा पनि ब्यापक रुपमा पैmलिएको कोरोना भाइरस (Covid-19) को भयावह जोखिमको कारण साधारण सभा भर्चुअल माध्यमबाट हुनेछ । शेयरधनी वा प्रतिनिधिहरुले साधारण सभामा भिडियो कन्फरेन्स मार्फत आफ्नाे मन्तब्य राख्नको लागि सभा हुनुभन्दा २ दिन अघि कम्पनी सचिवलाई bishnu.dhital@neco.com.np मा इमेल गरी Meeting ID/Password प्राप्त गर्न सक्नुहुनेछ ।
११. सभा सम्बन्धि अन्य काम कारवाही कम्पनी ऐन, २०६३ बमोजिम हुनेछ ।


संचालक समितिको आज्ञाले

कम्पनी सचिव