image

Notices

25th AGM has been conducted virtually.

Published On: 2021 Jul 15

प्रेश विज्ञप्ती


देशको निर्जिवन बीमा बजारमा सेवा पु¥याउदै आएको रजत बर्ष पार गरेको नेको इन्सुरेन्स लिमिटेडले आज आषाढ ३१ गते २५औं बार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.ब. २०७६÷०७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई १५.५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । साधारण सभामा शेयरधनीहरुले भर्चुअल माध्यमबाट आप्mना जिज्ञाशा, सुझाव तथा मन्तब्य राख्नुभयो । कम्पनीका संचालक समितिका अध्यक्ष श्री रोहित कुमार भटृराईको अध्यक्षतामा संचालित उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सभाले आ.ब. २०७७।०७८ को लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनश शेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । शेयरधनीहरुले राख्नु भएको जिज्ञासाको अध्यक्ष श्री रोहित कुमार भटृराई तथा प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार खड्काले जवाफ दिनु भएको थियो ।


मिति २०७८।०३।३१