विगत २० वर्ष देखी निर्जीवन वीमा ब्यवसायमा संलग्न रहेको नेको इन्सुरेन्स लिमिटेडले नयाँ ब्यवस्थापन पाए पश्चात यस् आर्थिक वर्षमा आफ्नो ब्यवसायमा बृदि गरी रु ९१ करोड सम्मको ब्यवसाय गरेकोछ। राष्ट्रिय वाणिज्य बैंक, कोष ब्यवस्थापन कम्पनी लगायत बैंकहरु तथा महतो ग्रुप, बिनायक ग्रुप समेतको संलग्नतामा लगानी रहेको भएको यस् कम्पनी हाल बीमा क्षेत्रमा आफ्नो ब्यवसाय बृदि गरी नेपालकै नम्बर १ कम्पनी बनाउने योजना साथ कम्पनी अगाडी बढाइरहेकोछ। उक्त्त योजना अन्तर्गत कम्पनीले गएको १ वर्ष भित्र छ वटा शाखाहरु थप गरी कुल २६ शाखाहरु पुर्याएको छ भने यस कम्पनीले आफ्नो पूँजी १०० करोड पुर्याउने पहिलेनै घोषणा गरिसकेको छ। शेरधनीहरुलाई लाभान्स दिन पनि अन्य कम्पनीहरु को तुलनामा यो कम्पनी अग्र पन्क्तीमा रहेको छ। यस् कम्पनीले शेरधनीहरुलाई आ ब. २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको छ र सो स्वीक्रितीको लागि सम्बन्धित निकायमा पेश गरिसकेको जानकारी गराउदछौं। साथै २० औ वर्षिक साधारण सभा बाट पारित १:१ बराबरको हकप्रद शेयर श्री नेपाल धितोपत्र बोर्डमा स्वीक्रितीको क्रममा रहेको छ। त्यस अर्थमा यस आर्थिक वर्ष २०७३/ ७४ भित्र शेयरधनीहरु ले २० प्रतिशत बोनश शेयर प्राप्त गर्नेछन्। कम्पनीको आगामी आर्थिक वर्ष सम्ममा पूँजी १ अर्व पुरयाउने, आफ्नै भवन बनाउने साथै ब्यवसाय ४० प्रतिशतले बृदि गर्ने लक्ष्य लिएको छ।